सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
अभिनेता अजय देवगनले हालै उनको फिल्म ‘दे दे प्यार दे’ मा आलोक नाथलाई राखेको भन्दै आलोचनाको सामना गर्नुपरेको थियाे ।
अभिनेत्री तनुश्री दत्ता तथा कंगना रनावतकी दिदी रंगोली चन्देलले त झन सार्वजनिक रुपमै अजयलाई विभिन्न आरोप लगाउँदै गाली पनि गरिसकेका छन् । यस्तै आलोक नाथलाई बलात्कारको आरोप लगाएकी विनता नन्दाले पनि अजयले आलोक नाथलाई काम दिनु भनेको निकै दुख लाग्दो कुरा रहेको भन्दै दुख व्यक्त गरिसकेकी छिन् ।
अहिले अजय देवगनले यस विषयमा आफ्नो तर्क राखेका छन् । अजयले यस विषयमा भनेका छन्, ‘जब मीटू अभियान सुरु भएको थियो त्यस बेलादेखि नै म मेरा यस उद्योगका साथीहरुसँग काम गर्ने ठाउँमा हरेक महिलाले सुरक्षित महसुस गर्नुपर्छ भन्न् कुराको समर्थनमा थिएँ । म महिलाहरुमाथि हुने दुर्व्यवहारलाई कहिल्यै सहने छैन । र अहिले पनि म यही कुरामा अडिग छु ।’
उनले अगाडि भने, ‘अब बाँकी रह्यो मेरो फिल्म ‘दे दे प्यार दे’ मा आलोक नाथले काम गरेको कुरा, म यस विषयलाई पनि स्पष्ट गराउन चाहन्छु कि यो फिल्म २०१८ को अक्टुबर महिनामै रिलिज हुने क्रममा थियो । यस फिल्मको छायाँकन गएकाे सेप्टेम्बरमै सकिइसकेको थियो । आलोक नाथको दृश्य अगष्टमै मनालीमा छायाँकन भइसकेको थियो । उनी भएको दृश्य ४० दिनको शेड्युलमा १० जना कलाकारहरुका साथ शूट गरिसकिएको थियो । उनीमाथि आरोपहरु २०१८ को अक्टाेबरमा सार्वजनिक भएका थिए ।’
त्यस बेलासम्म फिल्मका बाँकी कलाकार र म अरु फिल्मको काममा व्यस्त भइसकेका थियौं । त्यसपछि फेरि ती बाँकी कलाकरहरुलाई एकठाउँमा जम्मा गरेर शुट गर्न, आलोक नाथलाई हटाएर उनको स्थानमा अर्को कलाकर खोजेर शुट गर्न असम्भव नै थियो । त्यसो गर्दा निर्माताहरुको पैसा बर्बाद हुन्थ्यो । सबैलाई थाहा भएकै कुरा हो कि फिल्म बनाउनु भनेको एकअर्कासँग मिलेर पूरा गर्ने कला हो ।’
अजयले स्पष्ट पार्दै अगाडि भने, ‘आलाेक नाथलाई रिप्लेस गर्नु म एक्लैको निर्णय कसरी हुन सक्थ्यो र? म त्यही निर्णय लिन्थेँ जुन सारा टिमले लिएको थियो । म एक्लै पनि म त्यो चाहन्न थिएँ किनकि ति १० जना कलाकारलाई फेरि जम्मा गरेर एकठाउँमा ल्यानु मेरो वशको कुरा थिएन । ती १० जना कलाकारलाई जम्मा गरेर ४० दिनसम्म शूट गर्दा २ गुणा बढी खर्च हुन्थ्याे । तसर्थ म त्यो निणर्य लिन सक्दैनथेँ । त्यो फिल्म निर्माता र निर्देशकको निर्णय थियो ।’
अजय देवगन, रकुल प्रित सिंह, तब्बुको मुख्य अभिनय रहको फिल्म ‘दे दे प्यार दे’ २०१९ मे १७ मा रिलिज हुदैछ । यस फिल्मको निर्माण लभ रञ्जन र भुषण कुमारले गरेका हुन् भने यसमा अकीव अलीको निर्देशन रहेको छ ।