सवारी चालकलाई प्रहरीकाे सचेतना: राजमार्गमा हुने सवारी दुर्घटनाकाे संख्यामा उल्लेख्य मात्रामा कमी

 वैशाख ६, २०७६ शुक्रबार १८:४४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

धादिङ - पछिल्लो समय राजमार्गहरुमा हुने गरेका अधिकांश सवारी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको एक अध्ययनले देखाएको छ ।

बिग्रँदो सडकको अवस्था, बढ्दाे सवारी साधन र चालकहरुले जथाभावी सवारी हाँक्ने गरेका कारण दुर्घटना हुने गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका अनुसार अहिले दैनिकजसो ६ देखी ८ ओटा साना ठूला सवारीका साधनहरु दुर्घटनामा पर्ने गरेका छन् । अघिल्लाे वर्षकाे तुलनामा सवारी दुर्घटनामा केही कमी भने आएको छ ।

अघिल्लाे वर्ष मुग्लिन-नरायणघाट सडकखण्ड निर्माणका क्रममा दिनभर हुने बन्द छल्न तीव्र गतिमा हाँक्दा सवारी दुर्घटना बढेको थियो । अहिले सडक चौबिसै घण्टा चल्न थालेपछि सवारी दुर्घटनाको दरमा केही कमी भएको भए पनि अपेक्षाकृत रुपमा कमी नआएको प्रहरीको भनाइ छ ।

यसै गरी सवारी चालकका कारण हुने दुर्घटना न्यूनिकरणका लागी धादिङ प्रहरीले सवारी चालकहरुलाई सचेत गर्न सुरु गरेको छ । अधिकांश सवारी दुर्घटनाको मुख्य कारण सवारी चालक नै भएकाे पृथ्वी राजमार्गमा ट्राफिक प्रहरीले गरेको एक अध्ययनले पुष्टि गरेपछि धादिङ प्रहरीले यात्रुहरुको जीउधनको सुरक्षका लागि यो अभियानको सुरुवात गरेको हो ।

राजमार्गमा पछिल्लो समय लामो दूरीका भन्दा छोटो दूरीका सवारीका साधनहरु दुर्घटनामा पर्ने गरेको पाइएकाे छ । अघिल्लाे वर्षको तुलनामा चालु आर्थिक वर्षको आठ महिनामा सवारी दुर्घटनामा कमी आएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७४–०७५ मा एक सय ५५ ओटा सवारीका साधनहरु दुर्घटनामा परेर १ सय १७ जनाको ज्यान गएको थियो । तर चालु आर्थिक वर्षको आठ महिनामा जम्मा ७८ सवारी दुर्घटना भएको छ ,जस्का कारण ४७ जनाको मात्र ज्यान गएको छ जुन अघिल्लाे वर्षकाे तुलनामा आधा मात्र हो । 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया