सिङ्गापुर र मलेसियासँगको फुटबलका लागि ३० जना खेलाडी बन्द प्र...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डाै - चिनियाँ राष्ट्रपति सी जिङपिङको विशेष निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी २४ अप्रिलदेखि चीन भ्रमणमा जानु हुने भएकाे छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा हुने दोस्रो बेल्ट एण्ड रोड फोरमको बैठकमा उपस्थिति जनाउनुको साथै सम्बोधन पनि गर्नुहुनेछ ।
राष्ट्रपति भण्डारी त्यहाँ समकक्षी सी जिङपिङले आयाेजना गर्ने भोजमा पनि सरिक हुनुहुनेछ । यस्तै उहाँले अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनीमा भाग लिँदै त्यहाँ नेपालीहरुले राखेका स्टलहरुको अवलोकन गर्ने कार्यक्रम पनि रहेकाे छ ।
त्यस्तै राष्ट्रपतिकाे भ्रमणमा नेपाल र चीनबीच केही महत्वपूर्ण विषयहरुमा द्विपक्षीय सम्झाैता हुने पनि बताइएकाे छ । उहाँले त्यहाँ वरिष्ठ चिनियाँ नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । उहाँले बेइजिङमा नेपाल र चीनबीचको व्यापारबारे एक संयुक्त बैठकलाई पनि सम्बोधन गुर्नहुनेछ ।
बेइजिङस्थित नेपाली दूतावासले आयाेजना गर्ने कार्यक्रममा पनि उहाँले उपस्थिति जनाउनुहुनेछ । बेइजिङबाट नेपाल फर्किने क्रममा उहाँले चीनको सान्सी प्रान्तको राजधानी सियान, तिब्बतको राजधानी ल्हासा र ती दुइटै प्रान्तका प्रमुखसँग पनि भेटवार्ता गर्नुहुनेछ ।
राष्ट्रपतिको भ्रमणमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद सदस्य र उच्चपदस्थ सरकारी कर्मचारी र सञ्चारकर्मीहरु पनि सहभागी हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।