च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियाेगितामा नेपालले म्यानमारविरुद्धको पहिलो खेलमा ५९ रनको लक्ष्य पाएको छ । ५० ओभरको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको म्यानमारले १३.२ ओभरका अलआउट हुँदै ५८ रनमात्र बनाउन सक्यो ।
म्यानमारका लागि जम्मा दुई खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके । उसका लागि काउंग एचटेटले १९ र क्रिस्टोफरले ११ रन बनाए । म्यानमारका चार खेलाडीले एक रन पनि जोड्न सकेनन् ।
म्यानमारको इनिङ ध्वस्त पार्ने क्रममा विशालविक्रम केसीले सर्वाधिक ४ विकेट लिए । ५ ओभर बलिङ गरेका केसीले २१ रन दिँदै ४ विकेल लिएका हुन् । रमेश कुर्मी र निखिल कुमार सिंहले समान १-१ विकेट लिए । म्यानमारका ३ खेलाडी रनआउट भए ।
५९ रन पछ्याएर जवाफी ब्याटिङमा उत्रेको नेपालले यो समाचार तयार पार्दासम्म ३ ओभरमा २ विकेट गुमाउँदै २३ रन बनाएको छ ।
यसअघि २०१७ मा उपाधि जित्दा नेपाल र म्यानमार एकै समूहमा रहेका थिए । जसमा नेपालले म्यानमारलाई तीन सय ३७ रनको भारी अन्तरले हराएको थियो । त्यसबेला नेपालले म्यानमारविरुद्ध तीन सय ५० रन बनाएका थियो । जसमा हाल यू–१९ क्रिकेट टिममा रहेका रित गौतमले शतक बनाएका थिए । यस्तै अर्का खेलाडी प्रतिस जिसीले अर्धशतक बनाएका थिए । जवाफमा म्यानमार मात्र १३ रनमा अलआउट भएको थियो ।
यसपटक पनि समूह 'ए' मा रहेको नेपालले समुह चरणमा मलेसिया, म्यानमार, थाइल्याण्डसँग खेल्नेछ । प्रतियाेगिता अगाडि भएकाे प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका कप्तान विशाल केसीले उपाधि रक्षा गर्ने लक्ष्यका साथ थाइल्याण्ड आएकाे बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।