आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : एथ्लेटिक्समा आर्मीकै दबदबा

 बैशाख ७, २०७६ शनिबार १२:५५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत दाङको बेलझुण्डीमा एथ्लेटिक्सअन्तर्गत शनिबार हाइजम्प, डिसकस थ्रो, २ सय मिटर दौडअन्तर्गतका महिला र पुरुषका इभेन्ट सकिएका छन् । 

शनिबार भएको हाइजम्प महिला तर्फको इभेन्टसमा एपीएफकी शिला चौधरीले १ मिटर ५० सेन्टिमिटर छलाङ मार्दै स्वर्ण पदक जित्न सफल भइन् । यसैगरी आर्मीकी खगिना सिञ्जालीले १ मिटर ४८ सेन्टिमिटरका साथ रजत पदक जित्दा प्रदेश पाँच की अनिता चौधरी र प्रदेश एक की विन्दु चौधरीले १ मिटर ३५ सेन्टिमिटरका साथ कास्य पदक जिते ।

पुरुष  हाइजम्प तर्फको  स्पर्धामा आर्मीका सूर्यबहादुर खत्रीले १ मिटर ९० सेन्टिमिटरका साथ स्वर्ण पदक जिते । त्यसैगरी नेपाल पुलिसका गोपाल चौधरीले १ मिटर ७५ सेन्टिमिटर छलाङ लगाउँदै रजत पदक जित्दा कास्य पदक हात पार्ने प्रदेश ३ का विकास खाँड ठकुरीले १ मिटर ७० सेन्टिमिटर छलाङ लगाएका थिए ।

डिसकस थ्रोमा पुरुष तर्फको स्वर्ण पदक आर्मीले जितेको छ । आर्मीका चित्रबहादुर वलीले ३७ मिटर ९२ सेन्टिमिटरका साथ स्वर्ण पदक जिते । त्यसैगरी पुलिसका पुष्कल खड्काले ३३ मिटर ५० सेन्टिमिटरका साथ रजत पदक जित्दा प्रदेश एकका रन्जिल श्रेष्ठले ३२ मिटर ६५ सेन्टिमिटरका साथ कास्य पदक हात पारे । 

महिलातर्फको डिसकस थ्रोको स्वर्ण पदक पनि आर्मीले नै कव्जा गरेको छ । आर्मीकी अमृता महतोले ३६ मिटर ०३ सेन्टिमिटरका साथ स्वर्ण पदक जित्दा प्रदेश पाँच की संगिता अधिकारीले ३२ मिटर ८० सेन्टिमिटरका साथ रजत पदक हात परिन् । यसैगरी एपीएफकी जितकुमारी महतोले ३१ मिटर ८५ सेन्टिमिटरका साथ कास्य पदक हात पारिन् ।

२ सय मिटर दौडअन्तर्गत एपीएफका आशिष चौधरीले स्वर्ण पदक जिते । उनले २१ दशमलव ८३ सेकेण्डका साथ स्वर्ण पदक जितेका हुन् । त्यसैगरी आर्मीका अभिषेक चौधरीले २२ दशमलव ४६ सेकेण्डका साथ रजत पदक जीत्दा प्रदेश चारका प्रकाश रानामगर २२ दशमलव ५१ सेकेण्डका साथ कास्य पदक हात पारे ।

२ सय मिटर महिला स्पर्धामा आर्मीकी सरस्वती चौधरीले २६ दशमलव २६ सेकेण्डका साथ स्वर्ण पदक जित्दा प्रदेश पाँच की जयरानी चौधरीले २६ दशमलव ३६ सेकेण्डका साथ रजत पदक हात परिन् । आर्मीकै कृष्णा चौधरीले २६ दशमलव ६५ सेकेण्डका साथ कास्य पदक हात पारिन् । 

एथ्लेटिक्सअन्तर्गका इभेन्टसमा पदक विजेता खेलाडीलाई आइतबार पुरस्कार वितरण गर्ने जनाइएको छ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया