आईपीएल: राजस्थान राेयल्सले अजिंक्या रहाणेलाई हटाएर किन स्मिथलाई सुम्पियाे टिमकाे कप्तानी?

 वैशाख ७, २०७६ शनिबार १९:१५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग-आईपीएलको फ्रेञ्चाइजी क्लब राजस्थान रोयल्सले अजिंक्या रहाणेलाई कप्तानबाट हटाएको छ ।रोयल्सले उनको सट्टा पुराना कप्तान अष्ट्रेलियाका स्टिभ स्मिथलाई कप्तानी सुम्पिएको छ ।

यो संस्करणमा क्लबले खेल्न बाँकी सबै खेलका लागि स्मिथलाई कप्तानको जिम्मेवारी दिइएको हो । राजस्थान रोयल्सको व्यवस्थापनले शनिबारको मुम्बइ इण्डियन्सविरुद्धको खेल हुनुअगाडि यो निर्णय लिएको हो ।

अजिंक्या रहाणे

राजस्थान रोयल्स अजिंक्या रहाणेको कप्तानीमा पछिल्लो सिजनको आईपीएलमा प्लेअफसम्म पुृगेको थियो । तर यो सिजनमा भने उसले खेलेका ८ मध्ये २ खेलमात्र जित्दै अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

अघिल्लाे वर्ष स्टिभ स्मिथ बल टेम्परिङका कारण प्रतिबन्धित भएपछि उनकाे सट्टा टिमकै अर्का खेलाडी अजिंक्या रहाणेलाई कप्तान बनाइएकाे थियाे । चलिरहेकाे प्रतियाेगिताकाे बीचमै कप्तान बदल्नुकाे कारण प्रस्ट्याउँदै टिम व्यवस्थापनले भनेकाे छ, ‘अजिंक्या रहाणेले आफ्नाे कप्तानीमा अघिल्लाे  सिजन टिमलाई प्लेअफसम्म पुर्‍याएका थिए । तर पनि चालु सिजनमा टिमकाे उद्देश्य पूरा गर्न कप्तानीमा बदलाव ल्याउन जरुरी छ ।’

कप्तानकाे जिम्मेवारी सम्हालेपनि स्मिथले मे १ तारिखसम्म मात्र आईपीएल खेल्नेछन् । त्यसपछि लिग चरणकाे एउटा खेलमात्र बाँकी रहन्छ । टिमका अन्य दुई खेलाडी जस बटलर र बेन स्टाेक्स पनि विश्वकपमा इंग्ल्याण्डकाे राष्ट्रिय टाेलीकाे क्याम्पमा सहभागिता जनाउन अर्काे हप्ता इंग्ल्याण्ड जाँदैछन् ।

बदलावका बारेमा टिम व्यवस्थापनले थपेकाे छ, ‘स्टिभ स्मिथ सदैव टिम नेतृत्वकाे महत्वपूर्ण अंग रहँदै आएका छन् भने रहाणे पनि टिमकाे महत्वपूर्ण खेलाडीका रुपमा रहेका छन् । तैपनि टिमले याे बदलावलाई अंक तालिकामा माथि आउन आवश्यक नतिजा हासिल गर्ने रणनीतिका रुपमा लिएकाे छ ।’

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Niraj Kattel

    April 20, 2019, 8:45 p.m.

    आजको खेलमा मुम्बै इन्डिअन्सलाई हराएर स्मिथलाई क्याप्टेन बनाउने निर्णयलाई उनले सहि साबित गरिदिएका छन।

  •  0 Reply

तपाईको प्रतिक्रिया