आठौं राष्ट्रिय खेलकुद: एथ्लेटिक्समा त्रिभुवन आर्मीकाे वर्चस्व

 बैशाख ७, २०७६ शनिबार २०:३९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत दाङको बेलझुण्डीमा एथ्लेटिक्स अन्तर्गत शनिबार हाइजम्प, डिसकस थ्रो, २ सय मिटर दौड अन्तर्गतका महिला र पुरुषका इभेन्ट सकिएका छन् । 

शनिबार भएको हाइजम्प महिला तर्फको इभेन्टमा एपीएफकी शिला चौधरीले १ मिटर ५० सेन्टिमिटर छलाङ मार्दै स्वर्ण पदक जित्न सफल भइन् । यसैगरी आर्मीकी खगिना सिञ्जालीले १ मिटर ४८ सेन्टि मिटरका साथ रजत पदक जित्दा प्रदेश पाँच की अनिता चौधरी र प्रदेश एक की विन्दु चौधरीले १ मिटर ३५ सेन्टिमिटरका साथ कास्य पदक जिते ।

पुरुष  हाइजम्प तर्फको  स्पर्धामा आर्मीका सूर्य बहादुर खत्रीले १ मिटर ९० सेन्टिमिटरका साथ स्वर्ण पदक जिते । त्यसैगरी नेपाल पुलिसका गोपाल चौधरीले १ मिटर ७५ सेन्टिमिटर छलाङ लगाउँदै रजत पदक जित्दा कास्य पदक हात पार्ने प्रदेश ३ का विकास खाँड ठकुरीले १ मिटर ७० सेन्टिमिटर छलाङ लगाएका थिए ।

डिसकस थ्रोमा पुरुष तर्फको स्वर्ण पदक आर्मीले जितेको छ ।  आर्मीका चित्रबहादुर वलीले ३७ मिटर ९२ सेन्टिमिटरका साथ स्वर्ण पदक जिते । त्यसैगरी पुलिसका पुष्कल खड्काले ३३ मिटर ५० सेन्टिमिटरका साथ रजत पदक जित्द्या प्रदेश एका रन्जील श्रेष्ठले ३२ मिटर ६५ सेन्टिमिटरका साथ कास्य पदक हात पारे । 

महिला तर्फको डिसकस थ्रोको स्वर्ण पदक पनि आर्मीले नै कब्जा गरेको छ । आर्मीकी अमृता महतोले ३६ मिटर ०३ सेन्टिमिटरका साथ स्वर्ण पदक जित्दा प्रदेश पाँच की संगिता अधिकारीले ३२ मिटर ८० सेन्टिमिटरका साथ रजत पदक हात परिन् । यसैगरी एपीएफकी जीतकुमारी महतोले ३१ मिटर ८५ सेन्टिमिटरका साथ कास्य पदक हात पारिन् ।

२ सय मिटर दौड अन्तर्गत एपीएफका आशिष चौधरीले स्वर्ण पदक जिते । उनले २१ दशमलब ८३ सेकेण्डका साथ स्वर्ण पदक जितेका हुन् । त्यसैगरी आर्मीका अभिषेक चौधरीले २२ दशमबल ४६ सेकेण्डका साथ रजत पदक जीत्दा प्रदेश चारका प्रकाश रानामगर २२ दशमलब ५१ सेकेण्डका साथ कास्य पदक हात पारे ।

२ सय मिटर महिला स्पर्धामा आर्मीकी सरस्वती चौधरीले २६ दशमलब २६ सेकेण्डका साथ स्वर्ण पदक जित्दा प्रदेश पाँच की जयरानी चौधरीले २६ दशमलब ३६ सेकेण्डका साथ रजत पदक हात परिन् । आर्मीकै कृष्णा चौधरीले २६ दशमलब ६५ सेकेण्डका साथ कास्य पदक हात पारिन् । 

एथ्लेटिक्स अन्तर्गका इभेन्टसमा पदक विजेता खेलाडीलाई आइतबार पुरस्कार वितरण गर्ने जनाइएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया