युभेन्टसले जित्यो इटालियन सिरी एको उपाधि

 बैशाख ८, २०७६ आइतबार ६:२३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फिओरेन्टिनालाई २–१ ले हराउँदै युभेन्टसले इटालियन सिरी एको उपाधि जितेको छ । युभेन्टस पाँच खेल अगावै यो सिजनको इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको हो ।

शनिबार फिओरेन्टिना विरुद्धकाे खेलमा एलेक्स सान्द्रोको गोल र जर्मन पेजेल्लाको आत्मघाती गोल युभेन्टसलाई लगातार आठौं सिरी ए उपाधि जिताउन पर्याप्त बन्यो । फिओरेन्टिनाले सुरूवातमा अग्रता लिएको थियो । 

युभेन्टसको मैदानमा भएको खेलको छैटौँ मिनेटमा निकोला मिलेनकोभिचले गोल गर्दै फिओरेन्टिनालाई अग्रता दिलाएका थिए ।

३७औं निेटमा एलेक्स सान्द्रोले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ५३औं मिनेटमा जर्मन पेजेल्लाले आत्मघाती गोल गरेपछि युभेन्टसले २–१ को अग्रता लियो । फिओरेन्टिनाविरुद्धको जितसँगै युभेन्टसले पाँच खेल अगावै लिग जितेको हो ।

युभेन्टसले ३३ खेलबाट ८७ अंक जोडेको छ । जुन दोस्रो स्थानको नापोलीको भन्दा २० अंकले बढी हो । अब बाँकी ५ खेलमा हार व्यहाेरे पनि युभेन्टस पछि पर्ने छैन ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया