ला लिगामा बार्सिलोनाको ९ अंकको अग्रता

 बैशाख ८, २०७६ आइतबार ६:४१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै तालिकामा नौ अंकको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई दुई–एक गोल अन्तरले हरायो ।

खेलको पहिलो हाफको अन्तिममा लेंगलेटले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोना विरुद्ध सोसिडाडले ६२ औं मिनेटमा जुवानामीले गोल गर्दै खेल बराबरीमा पर्‍याए ।

तर त्यसको दुई मिनेटमा नै जोर्डी अलावाले फेरि बार्सिलोनालाई अग्रता दिलाए । तर त्यो अग्रता खेलको अन्तिम समयसम्म कायम रह्यो, र बार्सिलोनाले तीन अंक जोड्यो ।

जितपछि बार्सिलोनाको ३३ खेलबाट ७७ अंक भएको छ । त्यसअघि भएको खेलमा एथ्लेटिकोले इबारलाई एक शून्यले हराएको थियो । जसका कारण उसको ३३ खेलबाट ६८ अंक छ ।

 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया