च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ ।
भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाण्डौ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ ९मे १ देखि० काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान गर्ने जनाएको छ । उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान गर्दै आएको छ ।
यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत दिल्ली उडान थापिएको निगमका सहायकप्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । आर्थिक समस्याका कारण जेट एयरले एक साताअघि काठमाण्डाै–दिल्ली उडान बन्द गरेको थियो । जेट एयरको उडान बन्द भएपछि निगमले यात्रुको सहजतालाई दृष्टिगत गर्दै उडान वृद्धि गरेको हो ।
यसअघि निगमले ‘न्यारो बडी’ र वाइड बडी जहाजबाट दिल्ली उडान गर्दै आएकामा वैशाख १८ गतेदेखि रातिको उडान भने वाइड बडी जहाजबाटै गर्ने जनाएको छ ।
‘व्यवसायिकतासँगै यात्रुको सहजताका लागि दुवै ‘वाइड बडी’ जहाजबाटै दिल्ली उडान गर्दैछौ, ‘वाइड बडी’ उड्दा २७४ यात्रु र समान आउने जाने हुन्छ, जुन ‘न्यारो बडी’ ९१५८ सिट क्षमता० को दोबर यात्रु एउटै ‘वाइड बडी’ले बोक्ने भएकाले सबै उडान ‘वाइड बडी’ मार्फत नै गर्न लागेका हौँ,’ सहायक प्रवक्ता कोइरालाले भन्नुभयो ।
निगमले हाल भारतकै मुम्बई र बैङ्लोरमा सातामा तीन उडान गर्दै आएको छ भने अन्य आठ देशमा पनि अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । केही महीनाभित्रै जापानको ओसाकाका लागि पनि उडान गर्ने तयारी गरेको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि एक ‘बोइङ’–७५७, दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।