लिभरपुल फेरि शीर्ष स्थानमा उक्लियो

 बैशाख ९, २०७६ सोमबार ६:३८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा फर्किएको छ । कार्डिफ सिटीलाई २–० ले हराउँदै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा फर्किएको हो ।

कार्डिफको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित स्थितिमा सकिएको थियो । ५७औं मिनेटमा जर्जिन्हो विनाल्डमले गोल गरेपछि लिभरपुलले अग्रता लियो । उनले ट्रेन्ट अलेक्सान्दर आर्नोल्डको पासको सदुपयोग गरेका थिए । 

८१औं मिनेटमा लिभरपुलले पेनाल्टी पायो । पेनाल्टीलाई जेम्स मिल्नरले गोलमा परिणत गर्दै लिभरपुललाई २–० को जित दिलाए । 

जितसँगै लिभरपुलले ३५ खेलबाट ८८ अंक बनाएको छ । प्रिमियर लिग तालिकामा म्यान्चेस्६ सिटी ८६ अंक सहित दोस्रो स्थानमा छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया