आर्सनल क्रिष्टल प्यालेससँग पराजित

 बैशाख ९, २०७६ सोमबार ६:५०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

आर्सनलले आफ्नै मैदानमा क्रिष्टल प्यालेसँग ३–२ को हार ब्यहोरेको छ । १७ औं मिनेटमा क्रिष्टियन बेन्टको गोलबाट प्यालेसले खेलमा अग्रता बनाएको थियो ।

पहिलो हाफमा गोलको अग्रता कायम राखेको प्यालेसविरुद्ध मेसुट ओजिलले ४७ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । 

६१औं मिनेटमा विल्फर्ट जाहाले गोल गर्दै क्रिष्टल प्यालेसलाई फेरि अग्रता दिलाए । ६९ औं मिनेटमा जेम्स म्याकअर्थरले गोल गरेपछि प्यालेले अग्रता ३–१ मा लम्ब्यायो ।

७७औं मिनेटमा पिएरे एमरिक अबामेयाङले गोल गर्दै आर्सनललाई खेलमा फर्काएका थिए । तर थप गोल हुन नसक्दा आर्सनल पराजित हुन पुग्यो ।

यो पराजयका कारण आर्सनलको अर्को सिजनको च्याम्पियन्स लिग अभियानमा धक्का लागेको छ । आर्सनल ६६ अंक सहित चौथो स्थानमा छ ।  पाचौँ स्थानमा रहेको चेल्सीको समान ६६ अंक छ भने छैटौं स्थानको म्यानचेस्टर युनाइटेडको ६४ अंक छ । क्रिष्टल प्यालेस भने १२ औं स्थानमा उक्लिएको छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया