इण्डियन प्रिमियर लिगमा दिल्ली शीर्ष स्थानमा

 वैशाख १०, २०७६ मंगलबार ६:२९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने समावेश टिम दिल्ली क्यापिटल्सले सातौँ जित निकालेको छ । 

सोमबार भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ६ विकेटले हरायो । जितसँगै दिल्लीले चेन्नई सुपर किंग्ससँग अंक बराबरी गर्दै लिगकाे शीर्ष स्थानमा पुगेकाे छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ९१ रन बनायो । 

उसका लागि अजिन्क्या राहाणेले अविजित शतक प्रहार गरे । उनले ६३ बलमा अविजित एक सय ५ रन बनाए । जसमा ११ चौका र तीन छक्का सामेल थियो । यस्तै कप्तान स्टिभ स्मिथले ५० र स्टुवार्ट विन्नीले १९ रनको योगदान गरे ।

५ रनमा पहिलो विकेट गुमाएको राजस्थानका लागि दोस्रो विकेटका रुपमा राहाणे र स्थिमले एक सय ३० रनको साझेदारी गरेका थिए । जसका कारण उसको पारी सम्हालिएको थियो ।

जवाफमा दिल्लीले १९ ओभर दुई बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । दिल्लीको जितमा रिशव पन्तले अविजित ७८ रन बनाए । यस्तै शिखर धवनले ५४ रन बनाए भने पृथ्वी शा ले ४२ रनको योगदान गरे ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया