राष्ट्रिय खेलकुदमा १३३ स्वर्णसहित आर्मी पहिलो स्थानमा

 बैशाख ११, २०७६ बुधबार १०:४८:० | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार बिहानसम्म नेपाल आर्मीले १३३ स्वर्ण पदक जित्दै अग्रस्थानमा कायमै रहेको छ । आर्मीले  ७४ रजत र ६३ काश्यपदक प्राप्त गरेको छ ।

यसैगरी नेपाल प्रहरी  ५९ स्वर्ण, ४५ रजत र ४४ काश्यपदकसहित दोस्रो स्थानमा रहेको छ । सशस्त्र प्रहरी बल ५० स्वर्ण, ६८ रजत र ७३ काश्यसहित तेस्रो स्थानमा रहेको छ ।

प्रदेश नम्बर ३ ले  २२ स्वर्ण, २३ रजत र ३९ काश्य पदक हात पारेको छ । गण्डकी प्रदेशले  १२ स्वर्ण, २१ रजत र ४३ काश्य पदक, प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ काश्य पदक प्राप्त गरेको छ ।

प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ काशय पदक प्राप्त गरेको छ । यसैगरी सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, १२ रजत र ३४ काश्य, प्रदेश २ ले ६ स्वर्ण, ७ रजत र २० काश्य, एलआरएनएले  ५ स्वर्ण १ रजत र ५ काश्य तथा कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत तथा १७ काश्यपदक प्राप्त गरेको छ ।

प्रदेश ५ मा जारी ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बुधबार समापन हुँदैछ । नेपालगञ्ज रंगशालामा दिउँसो ३ बजे उपरास्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्नुहुनेछ ।

वैशाख ५ गते उद्घाटन भएको प्रतियोगिताका खेल भने चैत २७ देखि सुरु भएका थिए । बुधबार फुटबल, भलिबललगायतको फाइनल खेल हुँदैछ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया