एसीसी यू–१६ : नेपालले मलेसियालाई दियो १४२ रनको लक्ष्य

 बैशाख ११, २०७६ बुधबार ११:५८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले नेपाली टिम मलेसियासँग खेलिरहेको छ । 

टस जितेर ब्याटिङ गरेको नेपालले मलेसियालाई १४२ रनको लक्ष्य दिएको छ । चियाङ माइमा भएको खेलमा नेपालले ३४.५ ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ३४ रनको यदान दिए भने कप्तान विशाल विक्रम केसीले २८ रन बनाए । ओपनर दीपक बोहरा र अर्जुन कुमालले समान १६–१६ रनको योगदान दिए । 

बलिङतर्फ सिद्धार्थ कार्तिकले ४ विकेट लिए भने लोकमान नुर र सचिनु हेटिगेले २–२ विकेट लिए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया