च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
नेपाल एसीसी यू-१६ रिजन च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले मलेसियालाई ३९ रनले हराउँदै सेमिफाइनल पुगेकाे हाे । थाइल्यान्डको चियाङमाइमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ३४ ओभर एक बलमा अल आउट हुँदै एक सय ४१ रन बनाएको थियो । नेपालको पारीमा कप्तान विशाल विक्रम केसी र अइस भट्टराइले तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । अइसले ४२ बलमा ३४ रन जोड्दा विक्रम २८ रनमा आउट भए ।
ओपनरद्वय दीपक बोहोरा र अर्जुन कुमाल समान १६–१६ रनमा पेभेलियन फर्किएका थिए । निखिल कुमार सिंहले १२ र सुवास ऐरले ११ रन जोडे । चार खेलाडीले भने दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ सिद्धार्थ कार्तिकले चार विकेट लिए ।
जवाफमा मलेसिया ३३ ओभर दुई बलमा एक सय दुई रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । तीन रनमा पहिलो विकेट गुमाएको मलेसियाले २८ रनमा तीन विकेट खेर फाल्यो । त्यसपछि ३१ रनमा पाँच विकेट गुमाएको मलेसियाका लागि वान अहमद असरफ र सरभिन सुरेन्दरनले अर्धशतकीय साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए ।
वान १७ रनमा आउट भएपछि मलेसियाले ८४ रनमा छैटौं विकेट गुमायो । त्यसपछि नेपालले मलेसियाको स्कोर ९७ रन हुँदा अरु २ विकेट हात पार्यो । उसका किशन कुमारले ११ रन बनाए भने सरभिन सुरेन्दरनले अविजित ४६ रन बनाए पनि टिमालाई हारबाट बचाउन सकेनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।