चार वर्षमा ४५ हजारभन्दा धेरै परकम्प

 बैशाख ११, २०७६ बुधबार १६:५५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भूकम्प गएको चार वर्षमा ४५ हजारभन्दा धेरै परकम्प गएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म  साना ठूला गरी ४५ हजार भन्दा धेरै परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका परकम्प ५२० पटक गएको छ । धेरैजसो सिन्धुपाल्चोक, दोलखा र गोरखामा परकम्प गएको छ । त्यसपछि गोरखा, नुवाकोट, धादिङ, काठमाण्डौलगायत जिल्लामा परकम्प गएको केन्द्रले जनाएको छ । 

आज धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ पटक परकम्प गयो । दिउँसो सवा ३ बजे ३ दशमलव ९ रेक्टर स्केल, बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया