नेप्से २९ सय विन्दु पुगेर फर्कियो, १४ अर्ब २८ करोड रुपैयाँको शेयर कारोबार

 फागुन १९, २०८१ सोमबार १५:१३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से १३ दशमलव ६२ अङ्कले घटेर २ हजार ८ सय ७६ विन्दुमा झरेको छ । आज बजार खुलेको ३ मिनेटमै २ हजार ९ सय २९ विन्दुसम्म पुगेको थियो । नेप्से लगातार ९ काराेबार दिनपछि आज घटेकाे हाे ।

आज समाज लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम भने बढेको छ । हिजो १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ सय वटा कम्पनीका ३ करोड १२ लाख कित्ता शेयर १४ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १ अर्ब ३८ करोड रुपैयाँको शेयर खरिद/बिक्री भयो ।

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया