केपी ओली कपको उपाधि मच्छिन्द्रलाई, सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी
फागुन २०, २०८१ मंगलबार
काभ्रे - प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलमा सञ्जीवनी माध्यमिक विद्यालयका तीनवटा भवनको उद्घाटन गर्नुभएको छ ।
२०७२ मा आएको भूकम्पका कारण क्षति पुगेको त्यस विद्यालयको भवन पुनर्निर्माण भएसँगै प्रधानमन्त्री ओलीले बुधबार उद्घाटन गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले पुनर्निर्माण गरिएका भवनको अवलोकन समेत गर्नुभयो । एसियाली विकास बैंकको आर्थिक सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाबाट भवन पुनर्निर्माण गरिएको हो ।
९ करोड ९८ लाख रुपैयाँमा बनेका भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणले गति लिएको भन्दै भूकम्पबाट क्षति भएका बाँकी संरचनाको पनि पुनर्निर्माण गर्ने काम चाँडै सकिने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पुनर्निर्माणपछि विद्यालयको भौतिक संरचना राम्रो भएको भन्दै शिक्षाको गुणस्तर वृद्धिमा पनि विशेष ध्यान दिनु पर्ने बताउनुभयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रतिरोधी र सुविधा सम्पन्न विद्यालय पुनर्निर्माण भएसँगै ‘अझ राम्रो र बलियो’ भन्ने नारा साकार हुँदै गएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।