कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा मोटरेबल पुल नौ वर्षसम्म अधुरै
चैत ३, २०८१ आइतबार
काठमाडौं - काठमाडौंको नागढुंगाबाट अवैध तीन किलो सुनसहित शनिबार दुइजना पक्राउ परेका छन् ।
काठमाडौंबाट तराई जान लागेको भारतीय नम्बर प्लेट यु के ०२ ४६८४ नम्बरको गाडीबाट ३ किलो ६ ग्राम सुनसहित भारतीय नागरिक दीपककुमार मोर्रे र कञ्चनपुरका २३ वर्षीय मनोज विक पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले मारुती ८०० मोडलको गाडीको एयर फिल्टरमा राखेर लैजाँदै गरेको सुनसहित उनीहरु पक्राउ परेको जानकारी दिनुभयो ।
सुन कहाँबाट कसरी ल्याइयो भन्ने बारेमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।