च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
इण्डियन प्रिमियर लिगमा बुधबार रोयल च्यालेञ्जर्स बेंग्लोरले किंग्स इलेभेन पञ्जावमाथि १७ रनको जित निकालेको छ । यो जितसँगै बेंग्लोरले प्लेअफमा पुग्ने आशा कायम राखेको छ ।
बेंग्लोरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । उसका लागि एबी डी भिलियर्स र मार्क स्टोनिसले पाँचौं विकेटका लागि आविजित १२१ रनको उत्कृष्ट पार्टनरसिप गरे । ब्यक्तिगत तर्फ डी भिलियर्सले ४४ बलमा ८२ रनको आक्रामक इनिङ खेले । उनले तीन चौका र सात छक्का प्रहार गरेका थिए । यस्तै मार्क स्टोनिसले ३४ बलमा ४६ रन बनाए । ओपनर पार्थिव पटेलले पनि २४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
२०३ रनको लक्ष्य पछ्याएको पञ्जाव २० ओभरमा सात विकेट गुमाउँदै १८५ रनमा सिमित बन्यो । पञ्जावका लागि निकोलास पुरनले सर्वाधिक ४६ रनको योगदान दिए भने केएल राहुलले ४२, मायंक अग्रवालले ३५, डेविड मिलरले २४ तथा क्रिश गेलले २३ रन बनाए ।
पञ्जावविरुद्ध उमेश यादवले तीन विकेट लिए भने नवदीप सैनीले दुई विकेट हात पारे ।
जितसँगै बेंग्लोरले ११ खेलबाट ८ अंक बनाउँदै पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ । यो जितका कारण बेंग्लोरको प्लेअफमा पुग्ने सम्भावना जिवित बनेको छ । पञ्जावको भने १० अंक छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।