म्यानचेस्टर डर्बीमा सिटीको जित, इंग्लिस प्रिमियर लिगको उपाधि जित्न लिभरपुललाई दबाब

 बैशाख १२, २०७६ बिहिबार ७:८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई हराएपछि इंग्लिस प्रिमियर लिगको उपाधि होड निकै रोमाञ्चक मोडमा पुगेको छ । बुधबार राति भएको खेलमा सिटीले युनाइटेडलाई दुई शून्यले हरायो ।

युनाइटेडको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा सिटीको जितले लिभरपुललाई बाँकी सबै खेल जित्नै पर्ने दबाब बढेको छ भने सिटीलाई पनि राहत भएको छ । लिगमा बाँकी तीन खेल बाँकी हुँदा उपाधि कसले जित्छ भन्ने उत्सुकता झन् बढेको छ । 

ओले गुनरको टिम युनाइटेडले घरेलु मैदानमा सिटीलाई पहिलो हाफमा गोलरहित बराबरी बराबरीमा राखेको थियो । तर दोस्रो हाफमा सिटीले उत्कृष्ट फुटबल खेल्न सफल भयो । खेलको ५४ औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गर्दै टिमलाई एक शुन्यको अग्रता दिलाए । यो सिजन उनको यो आठौं गोल हो । त्यसपछि ६६ औं मिनेटमा लरोइ सानेले सिटीको अग्रता दुई शून्यमा पुर्‍याए ।

एभर्टन विरुद्ध चार शून्यको हार ब्यहोरेपछि खलबलिएको युनाइटेड सिटी विरुद्ध पनि खासै राम्रोसँग जम्न सकेन । जसका कारण उसले अन्तिमसम्म पनि गोल गर्न सकेन र घरेलु मैदानमा हार ब्यहोर्‍यो । यसका साथै यसले लिगमा लगातार दुई खेलमा हार ब्यहोर्‍यो । जितपछि सिटीले ३५ खेलमा ८९ अंक बनाएको छ भने लिभरपुलको समान खेलबाट ८८ अंक छ ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया