दोस्रो संस्करणकाेे कर्णाली प्रिमियर लिग आजदेखि सुरु

 वैशाख १२, २०७६ बिहीबार ८:१४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – दोस्रो संस्करणकाेे कर्णाली प्रिमियर लिग (केपीएल) बिहीबारदेखि सुरु हुँदैछ । २१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागीय टोलीसहित ८ टोलीले सहभागिता जनाउँदै छन् ।

बिहीबार पहिलो दिन उद्घघाटन खेलमा घरेलु टोली कर्णाली ११ र लालिगुराँस क्रिकेट एकेडेमी झपाबीच खेल हुनेछ । कर्णाली किक्रेट एकेडेमीका अध्यक्ष जीवन शाहीका अनुसार प्रतियोगिताको उद्घाटन बिहीबार बिहान ११ बजे कालुङ्चाेक मैदानमा हुनेछ ।

प्रतियोगिताको समूह ए मा घरेलु टोली कर्णाली ११, मध्यपश्चिम किक्रेट क्लब बाँके , लालीगुराँस क्रिकेट एकेडमी र नेपाल आर्मी रहेका छन् । यस्तै समूह बी मा, शसस्त्र प्रहरी एपीएफ, महेन्द्रनगर किक्रेट एकेडेमी, न्यू होराइजन बुटवल र हिमालय किक्रेट एकेडेमी रहेका छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछन् भने दोस्रो हुनेले दुई लाख पाउनेछन् । प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०/२० हजार रुपैयाँ पाउने छन् । 

यस्तै फाइनल खेलमा एकजना दर्शकलाई रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया