एसीसी यू १६ : थाइल्याण्डविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोज्यो

 बैशाख १२, २०७६ बिहिबार ९:२६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी अण्डर १६ इस्टर्न रिजन अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिलो नेपाल आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चियाङ माइमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । 

अघिल्ला द्ई खेलमा हात पारेको जितका कारण नेपाल सेमिफाइनल नजिक पुगिसकेको छ । आजको खेलमा थाइल्याण्डलाई हराएमा नेपाल समूहको विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । 

रनरेट निकै राम्रो भएका कारणले गर्दा पराजित भएको खण्डमा पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया