अब यूएईको एयरलाइन्समा नेपाली चलचित्र हेर्न पाइने

 बैशाख १२, २०७६ बिहिबार १४:४३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै- विश्वका विभिन्न एयरलाइन्सबाट उडान अवधिभर फरक–फरक चलचित्र हेर्ने व्यवस्था छ । तर यस्ता उडानमा नेपाली चलचित्र हेर्ने व्यवस्था अझसम्म पाइएको थिएन । अब भने अन्तर्राष्ट्रिय उडानका समयमा  नेपाली चलचित्र हेर्ने व्यवस्था पनि मिलाइने भएको छ ।

अब भने यूएईको एक एयरलाइन्सले नेपाली चलचित्र खरिद गर्ने भएको छ । नेपालफ्लिक्सले यूएईको एयरलाइन्सँग उडानको बेला नेपाली चलचित्र प्रदर्शन गर्नेगरी सहमति गरेको छ । पहिलो पटक अन्तर्राष्ट्रिय उडानमा नेपाली चलचित्र प्रदर्शनको सुरुवात अभिनेता विपिन कार्कीले अभिनय गरेको चलचित्र ‘हरि’ बाट गर्न लागिएको बताइएको छ । 

अहिलेसम्म एयरलाइन्सको नाम नखुलाइएको भए पनि काठमाण्डौ र विश्वका विभिन्न देशबाट उक्त एयरलाइन्समा उडान भर्दा दर्शकले ‘हरि’ चलचित्र हेर्न पाउने छन् ।

अनलाइनबाट स–शुल्क चलचित्र हेर्ने सहज प्लेटफर्म नेपालफ्लिक्सले ‘हरि’ पछि अन्य चलचित्रहरु पनि त्यस एयरलाइन्सबाट प्रदर्शन गर्ने तयारी गरिरहेको छ । यसका लागि एयरलाइन्सका प्रतिनिधिसँग थप सम्झौता गरी कुरा अघि बढाइने छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया