खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
उत्तर कोरियाका शीर्ष नेता किम जोङ उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलो पटक भेटघाट भएको छ । किम बुधबार ट्रेनबाट रुस पुगेका थिए । यी दुई नेताबीच रुसको बन्दरगाह शहर भ्लादिभोस्ताकनजिक रस्की द्वीपमा भएको थियो ।
यी दुई नेताबीच कोरियाको प्रायद्वीपमा परमाणु समस्यामाथि चर्चा हुने रुसले बताएको छ । तर अमेरिकासँगको वार्ता विफल भएपछि किमले रुससँग सहयोग माग्न सक्ने बताइएको छ ।
Kim Jong Un has just arrived at the venue for the talks with Putin. The two shook hands and entered the building together. pic.twitter.com/ZzhOxRyiJv
— Will Vernon (@BBCWillVernon) April 25, 2019
किम र पुटिनबीचको भेट एक कलेजमा भएको हो । यस दौरान कलेजको पठनपाठन रद्द गरिएको थियो भने केही विद्यार्थीहरु यी दुई नेताहरुलाई हेर्न जम्मा भएका थिए ।
किम र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच यो वर्षको सुरुवातमा भियतनामको राजधानी हनोईमा भेटवार्ता भएको थियो, जहाँ उत्तर कोरियाको परमाणु हतियार कार्यक्रमका बारेमा चर्चा भएको थियो । तर यी दुई नेताबीच भएको दोस्रो भेटघाट बिना कुनै सम्झौता टुङ्गिएको थियो ।
उत्तर कोरियाली नेता किम रुसमा भव्य स्वागत गरिएकाे थियाे । रुसले ब्याण्ड बाजाको साथ किमको स्वागत गरेको थियो ।
यसअघि किमले रुसी टेलिभिजनसँग भनेका थिए, ‘यो यात्रा सफल हुनेमा म ढुक्क छु । आदरणीय राष्ट्रपति पुटिनसँगको भेटवार्तामा कोरियाली प्रायद्वीपसँग जोडिएका मुद्दा र दुई देशबीचको नाता मजबुत गर्नका लागि ठोस चर्चा गर्न सक्छु ।’
रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेसकोवका अनुसार, 'सिक्स पार्टी टक्स'को माध्यमबाट कोरियाली प्रायद्वीपमा परमाणु हतियारसँग जोडिएको मुद्दा सुल्झाउन सकिन्छ, जुन अहिले ठप्प नै छ । सन् २००३ मा सुरु भएको यो टक्समा दुई कोरियाली देशका अलावा चीन, जापान, रुस र अमेरिका सामेल छन् ।
यी दुई पक्ष के चाहन्छन् ?
बीबीसीका दक्षिण कोरियाली संवाददाता लारा बिकरले किमको यो भ्रमणलाई उत्तर कोरियाली एक अवसरको रुपमा लिएको बताएका छन् । अमेरिकासँगको वार्ता विफल भए पछि पनि उत्तर कोरिया आफूसँग शक्तिशाली सहयोगी रहेको देखाउन चाहन्छ । उत्तर कोरियाले अमेरिकी विदेशमन्त्री माइक पोम्पियोलाई हनोईको वार्ता विफल हुनुको जिम्मेवारी ठहराएको छ ।
यो महिनाको सुरुवातमा उत्तर कोरियाले पोम्पियोसँग परमाणु वार्ताबाट अलग गर्ने माग गरेको थियो । उत्तर कोरियाले पोम्पियोले ‘बकवास गर्ने’ आरोप लगाएको थियो र उसले पोम्पियोको स्थानमा ‘ज्यादा सतर्क’ व्यक्तिलाई राख्न भनेको थियो ।
यो सम्मेलनबाट उत्तर कोरियाले आर्थिक भविष्यको लागि अमेरिकाको मात्र मुख ताक्न नपर्ने अवस्था देखाउने अवसर पनि छ ।
रुस र उत्तर कोरियाको सम्बन्ध
विश्लेषकहरुका अनुसार, यो सम्मेलनबाट रुसले पनि कोरियाली प्रायद्वीपमा आफ्नो महत्वपूर्ण भूमिका रहेको देखाउने मौका छ । राष्ट्रपति पुटिन पनि पछिल्लो केही समयदेखि उत्तर कोरियाली नेतासँग मिल्न चाहन्थे । तर ट्रम्प र किमको भेटवार्तामा रुस बाईपास भएको थियो । अमेरिका र चीनजस्तै रुस पनि उत्तर कोरिया परमाणु राष्ट्र हुँदा असहज महसुस गरिरहेको छ ।
शीत युद्धको दौरान सोभियत संघको उत्तर कोरियासँग नजिकको सैन्य र व्यापारिक सम्बन्ध थियो । यसको पछि वैचारिक र रणनीतिक कारण थियो । सन् १९९१ मा सोभियत संघ भङ्ग भए पछि रुस र उत्तर कोरियाबीच व्यापारिक सम्बन्ध कमजोर भयो र उत्तर कोरियाले चीनलाई आफ्नो मुख्य सहयोगी बनायो ।
राष्ट्रपति पुटिनको शासनमा रुस आर्थिकरुपमा मजबुत भयो र सन् २०१४ मा उनले उत्तर कोरियाले सोभियत कालमा लिएको धेरै कर्जा माफ गरिदिए । तर अहिले उत्तर कोरियामाथि रुसको कति कर्जा छ भनेर बहस भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।