बारा र पर्सामा हावाहुरीले भत्काएका घर बनाउने जिम्मा नेपाली सेनालाई

सेनालाई झण्डै ८५ करोड रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय

 वैशाख १२, २०७६ बिहीबार १७:३६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले बारा र पर्सामा हावाहुरीले भत्काएका घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । 

बर्खाअघि नै पीडितका घर निर्माणको जिम्मासहित नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ बजेट दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । 

वैशाख ५ र १० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा उहाँले हावाहुरीबाट भत्किएका १४ सय ५३ वटा घर सेनाले नै बनाउने बताउनुभयो । 

सरकारले छुट्याएको रकम अनुसार सेनाले एउटा घर बराबर ५ लाख ८२ हजार ८ सय रुपैयाँ पाएको छ । 

यस्तै सरकारले कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई सरकारले बोलाउने भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा नियुक्ती पाएका कोइरालालाई ओली सरकारले फिर्ता बोलाएको हो । 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया