स्ववियु चुनावमा २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने
फागुन २०, २०८१ मंगलबार
रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–१, थाङ्दोरमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।
बिहीबार दिउँसो १ बजे विद्युत् सर्ट भएर आगो लाग्दा मेन्दो पासाङ थोक्रा, लक्षिन लामा, ज्ञाना छोवाङ नेकोर, दावा फुर्पा नेकोर र किप्पा नेकोरको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
घरमा आगो लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्नु अगाडि नै आगोले पाँचवटै घर जलिसकेको थियो । प्रहरीलाई ढिला खबर प्राप्त भएको र भौगोलिक विकटताको कारण प्रहरी पुग्न ढिला भएको नेपाल प्रहरीका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताउनुभयो ।
थप क्षति हुन नदिनका लागि नेपाली सेना र नेपाल प्रहरीले प्रयास गरिरहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।