च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले चौथो जित निकालेको छ । बिहीबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइटराइडर्सलाई तीन विकेटले हरायो ।
टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७५ रन बनायो ।
कोलकाताका लागि कप्तान दिनेश कार्तिकले अविजित ९७ रन बनाए । उनले ४९ बलमा सात चौका र नौ छक्का प्रहार गरेका थिए । यस्तै आन्द्रे रसेलले १४ तथा नितीश रानाले २१ रनको योगदान गरे । साथै सुभमन गिलले २१ रन बनाए ।
राजस्थानका लागि वरुण आरोनले २ विकेट लिँदा ओसाने थोमस, जयदेव उनादकट र श्रेयश गोपालले एक-एक विकेट लिए ।
जवाफमा राजस्थानले चार बल बाँकी हुँदा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । बलियो सुरुवात गरेको राजस्थानले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरेको थियो । तर उसका मध्यक्रमका खेलाडीबीच राम्रो साझेदारी नहुँदा ९८ रनमा ५ विकेट गुमायो । जसमा अजिन्क्या राहाणे ३४, सञ्जु सामसन २२, कप्तान स्टिभ स्मिथ २, बेन स्टोक्स ११ तथा स्टुवार्ट बिन्नी ११ रनमा पेभेलियन फर्किए ।
त्यसपछि राजस्थानका श्रेयस गोपाल पनि १८ रनमा आउट भए । अन्तिममा रायन प्राग र जोफ्रा आर्चरले राजस्थानलाई जित दिलाए । जसमा प्रागले ४७ रन बनाए भने आर्चरले अविजित २७ रन बनाए ।
अन्तिम ओभरमा राजस्थानलाई जितका लागि नौ रन आवश्यक थियो । जसमा आर्चरले एक चौका र एक छक्का प्रहार गरे ।
कोलकाताका लागि पियुश चावलाले तीन विकेट लिए । त्यस्तै सुनिल नारायणले २ विकेट लिँदा आन्द्रे रसेल र प्रसिद्ध कृष्णाले एक-एक विकेट लिए ।
जितसँगै राजस्थान रोयल्स पुच्छारबाट एक स्थानमाथि उक्लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।