रियल मड्रिड गेटाफेसँग गोलरहित बराबरीमा रोकियो

 बैशाख १३, २०७६ शुक्रबार ८:९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । बिहिबार राति भएको खेलमा रियल मड्रिड गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

गेटाफेको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियल बराबरीमा रोकिएको हो । बल पोजिसनमा पकड जमाएको रियलले पटक पटक आक्रमण गरेपनि गेटाफेको डिफेन्स र गोलकिपरलाई चिर्न सकेन ।

यो बराबरीसँगै रियलले ३४ खेलबाट ६५ अंक जोडेको छ ।  रियल तेस्रो स्थानमा छ ।  गेटाफे ५५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।  

ला लिगा अन्तर्गत बिहिबार राति नै भएको खेलका सेभियाले रायो भालेकानोलाई ५-० गोल अन्तरले पराजित गरेको छ । यस्तै भिल्ला रियलले रियल सोसिडाडलाई १-० ले हराएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया