एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट : बलियो टोली अष्ट्रेलियासँग आज नेपालले खेल्ने

 बैशाख १३, २०७६ शुक्रबार ८:५२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले शुक्रबार अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार सवा तीन बजेदेखि सुरु हुनेछ । 

प्रतियाेगिता कै सर्वाधिक बलियो टोली अष्ट्रेलियाविरुद्ध नेपालकाे लक्ष्य बराबरीमा राेक्नु नै हुनेछ । तर त्याे लक्ष्य नेपालका लागि सजिलाे भने छैन । चीनमा एक साता अभ्यास गरेको नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने छ । चीनको सिचुवानमा अभ्यास गरेको नेपालले चीनको यू-१५ महिला टोली र छन्दु प्रान्तको यू-१८ टोलीसंग अभ्यास खेल समेत खेलेको थियो ।

अष्ट्रेलिया नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गर्न चाहन्छ । यस समूहमा अष्ट्रेलियालाई उपाधि दाबेदार मानिएको छ । छनोटमा अष्ट्रेलियापछि नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसँग खेल्नेछ । छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया