इंग्लिस प्रिमियर लिगकाे शीर्ष स्थानमा फेरि लिभरपुल , उपाधि होड बन्यो रोमाञ्चक

 वैशाख १४, २०७६ शनिबार ७:२४:४८ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले हर्डल्सफिल्डमाथि पाँच-शून्यको सानदार जित निकाल्दै शीर्ष स्थानमा उक्लिएपछि उपाधिको होड झन रोमाञ्चक मोडमा पुगेको छ ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलको जितमा साडियो माने र मोहम्मद सलाहले दुई-दुई गोल गरे । खेलको १५ औं सेकेण्डमा नै नेवी केइटाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि २३ औं मिनेटमा साडियो मानेको गो मार्फत लिभरपुलले स्कोरबोर्डमा अग्रता दुई-शून्यमा पुर्‍यायाे ।

त्यसपछि पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सलाहले टिमका लागि तेस्रो गोल गरे । पहिलो हाफमा तीन-शून्यको अग्रता बनाएको लिभरपुलले घरेलु दर्शकमाझ दोस्रो हाफमा थप दुई गोल गर्‍यो ।

६६ औं मिनेटमा मानेले र ८३ औं मिनेटमा सलाहले नै गोल गरे । सलाह लगातार तीन सिजन प्रिमियर लिगमा २० गोल पार गर्ने तेस्रो खेलाडी बनेका छन् । यसका साथै लिभरपुलले अंक तालिकामा ९१ अंक बनाएको छ । प्रिमियर लिगमा ९० अंक पार गर्ने टिमले अहिलेसम्म लिगको उपाधि जितेको इतिहास छ ।

तर यसपटक लिभरपुललाई म्यानचेस्टर सिटीले कडा टक्कर दिइरहेको छ । उसले अब आफ्नो खेलमा बर्नलीलाई हराएमा फेरि शीर्ष स्थानमा उक्लन सक्नेछ । एक खेल कम खेलेकाे सिटीको ८९ अंक रहेको छ । लिभरपुलले अब प्रिमियर लिगमा न्यूक्यासल र उल्भ्ससँग खेल्न बाँकी छ ।

 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया