एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिप : हङकङले दियाे नेपाललाई ८७ रनको लक्ष्य

 बैशाख १४, २०७६ शनिबार ११:३९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

एसीसी यू–१६ इस्टर्न रिजन च्याम्पियनसिपकाे सेमिफाइनलमा नेपालले हङकङबाट ८७ रनको लक्ष्य पाएको छ । 

थाइल्याण्डको प्रेम तिन्सुलानान्डा अन्तर्राष्ट्रिय स्कुलको मैदानमा भएको खेलमा हङकङ ३२ ओभर २ बलमा ८६ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । 

नेपालले हङकङको खाता नखुल्दै पहिलो विकेट लियो । उसका जगराज सिंह शून्य रनमा नै आउट भए । त्यसपछि ८ रन हुँदा नेपालले दोस्रो सफलता हात पार्यो । उसका लुकास गाब्रियलले एक रन मात्र बनाउन सके । 

हङकङको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसको स्कोर ३१ रन हुँदा ब्रिज सियोपुरी ८ रनमा पेभेलियन फर्किए । त्यसपछि हंङकंङले स्कोरबोर्डमा अरु एक रन थप्दा चौथो विकेट खेर फाल्यो । उसका मोहम्मद जाहिर खाता खोल्न नपाउँदै आउट भए । 

त्यसपछि हङकङको स्कोर ५९ रन हुँदा नेपालले पाँचौ विकेट लियो । उसका रौनक कपुर मात्र चार रनमा आउट भए ।

त्यसपछि हङकङले स्कोरबोर्डमा ६६ रन बनाउदा ६ विकेट खेर गयो । उसका अहान त्रिवेदी ५ रनमा रनआउट भए । त्यसको लगत्तै नेपालले हङकङको सातौ विकेट लियो । उसका वाहिद मोहम्मदले खाता खोल्न नपाउदै आउट भए । 

एकपछि अर्को विकेट गुमाएको हङकङको स्कोर ८३ रन हुँदा आठौं विकेट गयो । मुद्दसार खान मुहम्मद चार रनमा आउट भए । 

त्यसको लगत्तै कुनाल सुनिल पनि एक रनमा आउट भएपछि नेपालले नवौ सफलता हात पार्यो । अन्ततः हङकङ ८६ रनमा अलआउट भयो । नेपालले २० अतिरिक्त रन दिएको थियो । 

बलिङमा नेपालका निखिल कुमार सिंहले चार तथा रमेश कुर्मी र विशालकुमा पटेलले दुई दुई विकेट हात पारे ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया