बीटीवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ मा नेपाली युवा स्टार प्रिन्स दाहालकाे पदक पक्का

 बैशाख १४, २०७६ शनिबार १२:३०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

ब्याडमिन्टनका नेपाली युवा स्टार प्रिन्स दाहालले थाइल्यान्डको बैंककमा जारी योनेक्स सिंगा–रोजा बीटीवाई इन्टरनेशनल च्याम्पियनसिप–२०१९ को ब्वाइज यू–१७ मा पदक पक्का गरेका छन् ।

प्रिन्सले यु–१७ तर्फ शनिबार बिहान भएको क्वाटरफाइनलमा तेस्रो वरीयताप्राप्त थाइल्यान्डका नाथाप्पे श्रीयानलकलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेसँगै पदक पक्का गरेका हुन । 

उनले थाइल्यान्डका नाथाप्पे श्रीयानलकलाई २१–१३ र २१–१६ को सोझो सेटमा हराए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया