यू–१६ इस्टर्न रिजन च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै फाइनलमा प्रवेश

 बैशाख १४, २०७६ शनिबार १४:४:० | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल एसीसी यू–१६ रिजन च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो । यो सँगै नेपाल लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । साविक विजेतासमेत रहेको नेपाल उपाधि रक्षा गर्ने अभियानका साथ थाइल्याण्ड पुगेको थियो । 

थाइल्याण्डको प्रेम तिन्सुलानान्डा अन्तर्राष्ट्रिय स्कुलको मैदानमा भएको खेलमा हङकङ ३२ ओभर २ बलमा ८६ रनमा अलआउट भयो । हङकङका लागि एक खेलाडीले मात्र दोहोरो अंक छोए । नेपालले हङकङको खाता नखुल्दै पहिलो विकेट लियो । हङकङका जगराज सिंह शून्य रनमा नै आउट भए । त्यसपछि ८ रन हुँदा नेपालले दोस्रो सफलता हात पार्यो । उसका लुकास गाब्रियलले एक रनमात्र बनाउन सके ।

हङकङको स्कोर ३१ रन हुँदा ब्रिज सियोपुरी ८ रन बनाएर पेभेलियन फर्किए । त्यसपछि हङकङले स्कोरबोर्डमा मात्र एक रन थप्दा चौथो विकेट खेर फाल्यो । हङकङका मोहम्मद जाहिर खाता खोल्न नपाउँदै आउट भए । त्यसपछि हंङकङको स्कोर ५९ रन हुँदा नेपालले पाँचौ विकेट लियो । उसका रौनक कपुर मात्र चार रनमा आउट भए ।

त्यसपछि हङकङले स्कोरबोर्डमा ६६ रन बनाउँदा ६ विकेट खेर फाल्यो । अहान त्रिवेदी ५ रनमा रनआउट भए । त्यसको लगत्तै नेपालले हङकङको सातौं विकेट लियो । उसका वाहिद मोहम्मद खाता खोल्न नपाउँदै आउट भए ।

एकपछि अर्को विकेट गुमाएको हङकङको स्कोर ८३ रन हुँदा आठौं विकेट गयो । मुद्दसार खान मुहम्मद चार रनमा आउट भए । त्यसपछि कुनाल सुनील पनि एक रनमा आउट भएपछि नेपालले नवौं सफलता हात पार्यो र हङकङ ८६ रनमा सीमित भयो । नेपालले २० रन अतिरिक्त दिएको थियो ।

बलिङमा नेपालका निखिल कुमार सिंहले चार तथा रमेश कुर्मी र विशालकुमा पटेलले दुई-दुई विकेट हात पारे ।

८७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले २१ ओभर चार बलमा ६ विकेट गुमाउँदै लक्ष्य भेछ्यायो । नेपालले पनि सुरुवात राम्रो गर्न सकेन ।

नेपालले १९ रन हुँदा पहिलो विकेट गुमायो । नेपालका ओपनर दिपक बोहोरा ११ रनमा आउट भए । त्यसपछि अर्का ओपनर सुवास ऐयर १० रनमा आउट भएपछि नेपालले २९ रनमा दोस्रो विकेट गुमायो ।

नेपालको स्कोर ४४ रन हुँदा तेस्रो विकेट गयो भने ५१ रनमा चौथो विकेट झर्यो । कप्तान विकाश विक्रम केसी सात रनमा र आशिष भट्टराई १७ रनमा पेभेलियन फर्किए । त्यसको लगत्तै नेपालले पाँचौ विकेट खेर फाल्यो । प्रशान्त महत मात्र एक रनमा आउट भए ।

नेपालका मिडिलअडरका खेलाडीबीच राम्रो साझेदारी हुन नसक्दा नेपालले एकपछि अर्को विकेट गुमायो । नेपालको स्कोर ६९ रन हुँदा छैटौं विकेट गयो । रोहन दुधराज १४ रनमा आउट भए ।  अन्तिममा क्रिश कार्की र निखिलकुमार सिंहले नेपाललाई सहज जित दिलाए । 

नेपालले फाइनलमा सिंगापुर र मलेसियाबीचको खेलको विजेतासँग आइतबार खेल्नेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया