इंग्लिस प्रिमियर लिग: टोटनह्यामकाे चार खेलको अपराजित यात्रामा पूर्णविराम, वेष्टह्यामसँग एक-शून्यले पराजित

 बैशाख १४, २०७६ शनिबार २०:११:११ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगकाे शनिबारकाे खेलमा वेष्टह्याम युनाइटेडले टोटनह्यामलाई एक-शून्यले पराजित गरेको छ ।

आफ्नै मैदानमा सरेपछि टोटनह्यामले लगातार चार खेल जितेको थियो । तर वेष्टह्यामविरुद्धको खेलमा माइकल एन्टोनियोले दोस्रो हाफमा उत्कृष्ट गोल गरेपछि टोटनह्याम पराजित भएको हो । उनले ६७औं मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै वेष्टह्यामले टोटनह्यामकाे चार खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ । जितसँगै टोटनह्याम ४६ अंक बनाउँदै एघारौं स्थानमा उक्लिएको छ भने टोटनह्याम ७० अंक सहित तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया