एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट: नेपाल प्रतियाेगिताबाट बाहिर

 वैशाख १५, २०७६ आइतबार १८:३७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालको यात्रा समूह चरणमा नै रोकिने पक्का भएको छ ।

दोस्रो चरण अन्तर्गत उज्वेकिस्तान विरूद्दको खेलमा नेपाल चार शून्यले पराजित भयो । म्यानमारको मण्डलेमा रहेकाे मण्डलर थिरी स्टेडियममा भएको खेलमा नेपालले सुरूवातमा नै गोल खान पुग्यो ।

उज्वेकिस्तानको जितमा कुर्बाेनोभाले दुई गोल गरिन् । खेलको २१ औं मिनेटमा कुर्बाेनोभाले गोल गर्दै उज्वेकिस्तानलाई अग्रता दिलाइन् । पहिलो हाफमा एक गोलको अग्रता बनाएको उज्वेकिस्तानले ६७ औं मिनेटमा दोस्रो गोल गर्‍याे । यसपटक पनि उसका लागि कुर्बाेनोभाले नै गोल गरिन् ।

७४ औं मिनेटमा रासिडोभाले गोल गर्दै टिमको अग्रता तीन शून्यमा पुर्‍याइन । त्यसपछि ७८ औं मिनेटमा खोजीभाले गोल गर्दै टिमलाई चार शून्यको जित दिलाइन् ।यो हारसँगै नेपालको यात्रा समूह चरणमा नै रोकिएको छ । पहिलो खेलमा नेपाल अष्ट्रेलियासंग ११-१ गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया