लिभरपुलका डिफेन्डर भान डीज्क पीएफए बर्षको उत्कृष्ट खेलाडी

 वैशाख १६, २०७६ सोमबार ६:९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लिभरपुलका डिफेन्डर भान डीज्क पीएफए बर्षको उत्कृष्ट खेलाडी बनेका छन ।

सन् २००५ पछि डिफेन्डरले यो उपाधि जितेको पहिलो पटक हो । लिभरपुलका मुख्य डिफेन्डर भान ब्यवसायिक फुटबल संघले प्रदान गरेको बर्षको उत्कृष्ट खेलाडी बन्दा बर्षको उत्कृष्ट युवा खेलाडी म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङले हात पारे ।

भानले सिटीबाट मनोनयनमा परेका ६ खेलाडीलाई पछि पार्दै उपाधि हात पारे । सन् २००५ मा जोन टेरीले यो उपाधि जितेपछि कुनैपनि डिफेन्डरले हात पार्न सकेका थिएनन् ।

उनले रहिमसँगै साडीयो माने, सर्जियो अगुइरो, बेर्नान्डो सिल्भालाई पछि पारे । मुख्य विधामा पछि परेपनि रहिमले बर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड हात पारे ।

यस्तै बर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड भिभिनी मेइड्माले हात पारिन भने उत्कृष्ट युवा महिला खेलाडीमा जर्जिया स्टानवेले जितिन । पीएफए वर्षको टीममा ६ जना सिटीबाट, चार जना लिभरपुलबाट र एक जना म्यानचेस्टर युनाईटेडबाट परेका छन ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया