विवरण ढाँटेर नेपाली नागरिकता बनाउन खाेज्ने एक जना भारतीय पक्राउ

 वैशाख १६, २०७६ सोमबार ६:५२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - विवरण ढाँटेर आफनो छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीयलाई प्रशासनले पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ ।

२०६३ मा वीरगंज महानगरपालिका १३ ठेगाना देखाई ३४३०८/४८ नम्बरको नागरिकता लिएका सदामा साह तेलीलाई प्रशासनले पक्राउ गरेको हो । गृहमन्त्रालयले २०६८ पुष २० गते साहको नागरिकता बदर गरेको थियो ।

बदर गरिएको नागरिकता लिएर छोराको नागरिकता बनाउन गएका साह पक्राउ परेका हुन् । विवरण ढाँटेर नागरिकता बनाउन पुगेका सुदामा साह तेलीलाई पक्राउ गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलले बताउनु भयो ।

साह बिरुद्ध ०७१ सालमा जिल्ला प्रहरी कार्यालय पर्सामा झुठा विवरण पेश गरी नेपाली नागरिकता प्रमाण पत्र लिएको आरोपमा उजुरी दर्ता भएको थियो ।

अब त्यही मिसिलका आधारमा झुठो विवरण पेश गरेको आरोपमा मुद्धा चलाउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले बताउनु भयो । पछिल्लो पटक वैशाख २ मा सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका नेपालीका सन्तानले बंशजको नागरिकता पाउने बाटो खुला गरिदिएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरुको भिड बढेको छ ।

अदालतको कहिले दिने र कहिले रोक्ने आदेशका कारण पनि नागरिकता लिनेहरुको भिड बढेको हो । भिडका कारण नागरिकता लिनेहरुले पनि सास्ती खेपेका छन् । भिडमै विवरण ढाटेर नागरिकता लिन खोज्नेहरु पनि सक्रिय भएका छन ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Manoj Thakuri

    April 30, 2019, 2:17 p.m.

    I do have his Citizenship copy...

  •  0 Reply
  • Sujan Babu Paudel

    April 29, 2019, 2:29 p.m.

    हैट कथित लोकतन्त्रे ! नागरिकता सम्बन्धी बिधयेक सम्सदमा बिचराधीन रहेकै अवस्थामा भारतीयहरुकै दवावमा गृहमन्त्री रामबहादुर थापाले नेपालको मौलिक परम्परा अस्तित्व पहिचान नै निमिट्यान्न हुने गरेर नेपाली नागरिकता बाहकका सन्तत्तिले नेपाली नागरिकता प्राप्त गर्न सक्ने भन्दै पारीपत्र जारी गरेर राष्ट्रियतामै दरार उत्पन्न गरायसङ्गै स्वाभिमानी नेपालीको तर्फवाट सर्वोच्च अदालतको ढोका ढक्ढक्याउदा सर्वोच्च अदालतले उक्त पारीपात्र कार्यन्वयन नगरन आदेश दियपनी पुन अर्को पल्ट अर्को रिट हालेर सत्ता र शक्तिको चराम दुरुपयोग गरी खट्टे बाढेको जस्तो गरेर नेपाली नागरिकता बाडिन लागियकोमा खेद ब्यक्त गर्दै यो ऐले बाडियको नागरिकता पनि यिनै विवरण ढाट्ने भारतीय नागरिक जस्तै असन्ख्यले नेपाली नागरिकता प्राप्त गरेको हुँदा ठुलो सन्ख्यामा भारतीयहरुले नेपाली नागरिकता लियसङ्गै नेपालको जनसन्ख्या साँढे चार करोढ हुने र आगामी चुनाव र नेपाली अस्तित्व पहिचान नै धरापमा पर्ने हुँदा भारतीयलाई बाडियका नागरिकता खारेज गर्नुको कुनै बिकल्प छैन, सवैलाई चेतना भया । ~ श्री ८ डमरू बाबा

  •  0 Reply

तपाईको प्रतिक्रिया