स्ववियु चुनावमा २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने
फागुन २०, २०८१ मंगलबार
सुर्खेत – वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग अन्तर्गत सोमबार भएको खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमी विजयी भएको छ ।
सोमबार भएको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमी काठमाण्डौलाई ५ रनले पराजित गर्दै महेन्द्रनगर विजयी भएको हो ।
खेलमा टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । १५२ रनको लक्ष्य पछ्याउने क्रममा हिमालयनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।
महेन्द्रनगरका विक्रम ठगुन्ना र आकाश चन्दले समान २/२ विकेट लिए । खेलको प्लेयर अफ द म्याच किरन ठगुन्ना घोषित भए । समूह ‘ए’ अन्तर्गत महेन्द्रनगरको यो पहिलो जित समेत हो । २ खेल खेलेको महेन्द्रनगरको १ जित र समान हारसहित २ अंक रहेको छ ।
प्रतियोगितामा अहिले कर्णाली–११ र त्रिभुवन आर्मी क्बलबीच खेल भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।