माग पूरा भएपछि पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत

 वैशाख १६, २०७६ सोमबार १५:१८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पुनर्निर्माणमा कार्यरत प्राविधिकहरु काममा फर्कन सहमत भएका छन् । नेपाल इन्जिनियर्स एशोसियसन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र प्राधिकरणमा कार्यरत प्राविधिकबीच भएको छलफलमा प्राविधिक तत्काल काममा फर्कन सहमत भएका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावितको संवेदनशीलता र पुनर्निर्माणको महत्वलाई ध्यान दिई काममा लाग्न र गाउँपालिका तथा नगरपालिकामा पुनर्निर्माण कार्यको नेतृत्व लिन प्राविधिकलाई निर्देशन दिनुभयो ।

काममा नखटिए राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभागीय कारबाही गर्ने भएको छ । प्राविधिक अविनाश अमरले मागहरु पूरा भएको र काममा खटिने बताउनुभयो ।

प्राविधिकहरुले अतिरिक्त भत्ता र सुविधाको माग राखी आन्दोलन गर्दै आएकोमा गएको हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले पुनर्निर्माणमा कार्यरत प्राविधिकलाई अतिरिक्त भत्ता र सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो ।


 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया