स्ववियु चुनावमा २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – कोरियाली कम्पनी हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न उद्योग दर्ता भएको छ ।
नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ मा उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेशनले उद्योग दर्ता गरेको उद्योग विभागले जनाएको छ । नेपालमा हुण्डाई कम्पनीका गाडी बेच्दै आएको लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाईका गाडी नेपालमै उत्पादन गर्न एसेम्बल कम्पनी खोल्नेगरी उद्योग विभागमा उद्योग दर्ता गराएको हो ।
यसअघि कोरियाकै अर्को कम्पनी मोट्रेक्सले नेपालमा गाडी उत्पादनको लागि प्रत्यक्ष वैदेशिक लगानी अर्थात एफडीआई भित्राउन अनुमति पाएको छ । उसले १० अर्ब रुपैयाँको वैदेशिक लगानी भित्राउन लगानी बोर्डको बोर्ड बैठकबाट अनुमति पाइसकेको छ । तर उसले आफूले उद्योग स्थापना गरेपछि सात वर्षसम्म अरु गाडी कम्पनीलाई अनुमति दिन नहुने अडान राखेको थियो । उसको प्रस्ताव अस्वीकृत भएपछि अरु गाडी कम्पनीले पनि नेपालमा पाटपूर्जा बनाउन र विदेशबाट इन्जिन ल्याएर गाडी तयार गर्न उद्योग खोल्न लागेका हुन् ।
अहिले गाडी उत्पादनको लागि कम्पनी दर्ता गरेको लक्ष्मी मोटर्सले वार्षिक आठ हजार गाडी उत्पादन गर्ने जनाएको छ । सुरुमा उसले पाँच अर्ब १० करोड रुपैयाँ लगानी गर्ने जनाएको छ ।
नेपालमा अहिले साना गाडी बिक्रीमा सुजुकी पहिलो नम्बरमा छ भने हुण्डाई दोस्रो नम्बरमा रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।