जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
अर्घाखाँची – पर्यटकीय स्थल नरपानीको गंगासरोवरमा सोमबारदेखि डुंगा सञ्चालनमा आएको छ ।
नरपानीमा रहेको गंगासरोवरमा सन्धिखर्क नगरपालिकाले सोमबारदेखि औपचारिक रुपमा डुंगा सञ्चालन गरेको हो । डुंगा सञ्चालन भएपछि स्थानीयहरु हर्षित भएका छन् ।
वैदिक विधिपूर्वक पूजाआजा गरी पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रेवतीप्रसाद भुसालले डुंगा सयर गरेर औपचारिक रुपमा डुंगा सञ्चालनको शुभारम्भ गर्नु भएको हो ।
कार्यक्रममा मन्तब्य राख्दै भुसालले नरपानी क्षेत्र जिल्लाकै पर्यटकीय क्षेत्र भएकोले यस क्षेत्रको विकासकालागि सबै एकजुट हुनपर्ने बताउनुभयो ।
नरपानी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न डुंगा सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।