भक्तपुरमा जुम्ल्याहा दिदीबहिनीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

 वैशाख १६, २०७६ सोमबार १७:२९:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर –  जुम्ल्याहा दुई बालिकालाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१,० मूलढोका बस्ने २६ वर्षीय सुनिल शिल्पकार र काभ्र्र्रे रोशी गाउँपालिका ७ घर भई हाल भक्तपुर कमल विनायक बस्ने १८ वर्षीय विशाल तामाङ्गलाई प्रहरीले १४ गते राति नै पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले  जानकारी दिनुभयो । 

रामेछाप घर भएका १५ वर्षीया जुम्ल्याहा दुई बालिकालाई गत १३ गते ललाई फकाई कमलविनायकको फेमिली गेूट हाउसमा लगेर बलात्कार गरेको किटानी जाहेरीका आधारमा वैशाख १४ गते राति दुई जनालाई गिरफ्तार  गरेको हो ।

वैशाख १३ गते १ बजे घरबाट दुई छोरी हराएको भन्दै १४ गते साँझ बालिकाको आमाले महानगरीय प्रहरी परिसर भक्तपुरमा  उजुरी दिएपछि खोजतलासको क्रममा त्यसै दिन राति ९ बजे आरोपितलाई गिरफ्तार गरेको श्रेष्ठले बताउनुभयो  । 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया