कर्णाली प्रिमियर लिग : त्रिभुवन आर्मीलाई हराउँदै कर्णाली–११ सेमिफाइनलमा

 बैशाख १६, २०७६ सोमबार १८:१९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – वीरेन्द्रनगरमा भैरहेको दोस्रो संस्करणको कर्णाली प्रिमियर लिगमा कर्णाली–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।  सोमबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै घरेलु टोली कर्णाली–११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । तीन खेल खेलेको कर्णालीले सबै खेलमा जित हात पारेको थियो ।

टस जितेर ब्याटिङ गरेको कर्णाली– ११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । उसका लागि लोकेश बमले ५० रन बनाए । उनले ३० बलमा ६ चौका र २ छक्का प्रहार गरे । प्रदीप रसाइलीले ३४ रन, जितेन्द्रजंग ठकुरीले ३० रन र रवीन्द्रजंग शाहीले २३ रन लिए । 

कर्णालीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।  

यस्तै, सोमबार नै भएको पहिलो खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमी विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । 

१५२ रनको लक्ष्य पछ्याउने क्रममा हिमालयनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । 


 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया