च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
थाइल्याण्डमा भएको एसीसी यू–१६ क्रिकेट इस्टर्न रिजन प्रतियोगिताको उपाधि विजेता टिम नेपाल फर्किएको छ । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र उपाध्यक्ष पिताम्बर तिम्सिनाले स्वागत गरेका थिए ।
नेपालले थाइल्याण्डमा भएको प्रतियोगिताको फाइनलमा मलेसियालाई पाखा लगाउँदै उपाधि जितेको थियो । प्रतियोगितामा नेपाल अपराजित एक्लो टिम हो । नेपाल तीनै पक्षमा अरुभन्दा बलियो रहेको थियो । अब यो टिममा रहेका खेलाडीले बुधबारबाट सुरु हुने यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
नेपाली टिमका कप्तान विशाल विक्रम केसीले यो प्रतियोगिताबाट युवा खेलाडीमा रहेको क्षमता देखिएको बताए । साथै उनले उमेर समूहमा पछिल्लो पटक निकै कम प्रतियोगिता भइरहेका बेला अन्तर्राष्ट्रिय स्तरमा जस्तो प्रदर्शन हामीले गर्योैँ त्यसबाट आफू सन्तुष्ट रहेको समेत बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।