अर्जेन्टिनाका मिडफिल्डर मासेरानाे अब 'अर्जेन्टिनाको फ्यानमात्रै '

 असार १७, २०७५ आइतबार ८:१३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मासेरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । शनिबार राति फ्रान्सविरुद्ध अर्जेन्टिनाले हारेपछि मासेरानाले सन्यास लिएका हुन् । 

३४ वर्षीय मासेरानोले राष्ट्रिय टिमबाट फ्रान्सविरुद्ध १ सय ४५ औं पटक खेलेका छन् । अर्जेन्टिना फ्रान्सँग ४–३ गोल अन्तरले पराजित हुँदै  प्रिक्वाटर फाइनलबाट बाहिरिएको हो ।

शनिबार रातिको खेलपछि डिपोर्ट टीभीसँग म्यास्चरानोले अब आफू अर्जेन्टिनाको फ्यानमात्रै भएको बताए । उनले भनेका छन् ‘ व्यक्तिगत रुपमा मेरा लागि सबै भयो, अब म अर्जेन्टिनाको फ्यान मात्रै हुँ’ । 

 

अहिले उनी चिनियाँ क्लब हेबेइ चाइना फर्ट्युनमा आवद्ध छन् । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया