जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
कवानपुर – प्रदेश नम्बर–३ सरकारले आगामी आर्थिक वर्षका लागि ५० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ ।
बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागि परेका छन् । चालु आर्थिक वर्षका लागि बजेट खर्च गर्न नसकेर पिरलोमा परेको प्रदेश सरकारले ५० अर्ब बजेट ल्याउने तयारी थालेको छ ।
चालु आर्थिक वर्षमा अहिलेसम्म पूँजीगत र चालु खर्च गरी ३० प्रतिशतमात्र बजेट खर्च गरिएको छ । आउँदो असार महिनासम्ममा प्रदेश सरकारले पूँजीगत खर्च ५० प्रतिशत गर्न पनि नसक्ने देखिएको छ । तर, सबै रकम खर्च गर्ने प्रदेश सरकारको दाबी छ ।
आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटे पनि यस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा लामो समयदेखि सचिव नभएका कारण धेरै काममा समस्या परेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताउनुभयो । संघीय सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सचिव नपठाएको भन्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेल निकै आक्रोशित समेत बन्नुभयो ।
प्रदेशको राजस्व संकलनको महत्वपूर्ण हिस्सा मानिएको ढुङ्गा, गिट्टी, बालुवाको सबै कर स्थानीय तहले मात्र लिने भनेर संघीय सरकारले निर्णय गरेपछि आर्थिक श्रोत घट्नेमा चिन्ता पनि बढेको पनि मन्त्री ढुंगेलले बताउनुभयो । तर, राजस्व संकलनको दायरा बढाएर प्रदेश सरकारको आर्थिक स्रोत बृद्धि गर्ने तयारीमा पनि प्रदेश सरकार लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।