हुम्लाको ताँजाकोटमा झण्डै ६ सय जनाको उपचार, रोग अझै पहिचान हुन सकेन

 वैशाख १७, २०७६ मंगलबार ९:१७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला – ताँजाकोटमा पुगेको डाक्टरको टोलीले झण्डै ६ सय जनाको उपचार गरेको छ । 

आइतबार पुगेको डाक्टरको टोलीले शिविर चलाएर मंगलबार बिहानसम्म ५ सय ९२ जनाको उपचार गरेको र अब अवस्था विस्तारै सामान्य हुँदै गएको पनि हुम्लाका प्रमुख जिल्ला अधिकारी धोकलराज ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

तर १० जनाको ज्यान जानेगरी फैलिएको रोगको पहिचान भने अझै हुन सकेको छैन । स्वास्थ्यकर्मीको टोलीले मौसमी रुघाखोकीको आशंका गरे पनि पुष्टि हुन नसकेको  हुम्लाका प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो । 

ताँजाकोटको वडा नम्बर १, २, ५ र ८ मा रुघा लाग्ने, छाती दुख्ने लगायत समस्या देखिएका सैयौजनामध्ये १० जनाको ज्यान गएको हो । 
 


 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया