स्ववियु चुनावमा २५ वटा विद्यार्थी सङ्घ–सङ्गठनबीच प्रतिस्पर्धा हुने
फागुन २०, २०८१ मंगलबार
सुर्खेतमा भैरहेको वाईवाई कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौं दिनको पहिलो खेलमा शक्ति गौचन कप्तानीको न्यू होराइजन क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गरेको छ ।
समुह 'बी' अन्तर्गत न्यू होराइजनले ३ खेल खेल्दा २ जित र १ हार बेहोर्दै ४ अंक पुगेको छ भने एपीएफको पनि २ खेल खेल्दा २ जितको साथ ४ अंक रहेको छ। महेन्द्रनगर क्रिकेट एकेडेमीको २ खेलमा १ जित र १ हार सहित २ अंक रहेको छ ।
अब भोलि बुधबार हुने एपीएफ र महेन्द्रनगर क्रिकेट एकेडेमी बीचको खेलले समूहबाट सेमीफाइनल पुग्ने २ टिम निश्चित हुनेछ। समुह 'ए' बाट कर्णाली-११ सेमिफाइनाल प्रवेश गरिसकेको छ भने अर्को १ टिमको टुंगो मंगलबार हुने त्रिभुवन आर्मी र मध्य-पश्चिम क्रिकेट क्लब बीचको खेल पछि लाग्नेछ।
कालिन्चोक मैदानमा मंगलबार बिहान सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको न्यू होराइजन क्रिकेट एकेडेमीले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९२ रनको योगफल तयार गरेको थियो ।
हिमालयनको लागि दीपेन्द्र ऐरीले सर्वाधिक २५ रन बनाए। होराइजनका बलर अर्जुन रायमाझीले सर्वाधिक ३ विकेट तथा शक्ति गौचन र गोविन्द खत्रीले २/२ विकेट लिए ।
९३ रनको लक्ष्य न्यू होराइजनले १४ ओभरमा ५ विकेट गुमाएर भेटायो । निश्चल चौधरीले विस्फोटक इनिंग खेल्दै २९ बलमा ४ छक्का र ३ चौका मदतले अविजित ५० रन बनाएपछि होराइजनले जित हासिल गर्यो । सुरज दराईले ११, अर्जुन रायमाझीले १० तथा शक्ति गौचनले अविजित १० रन बनाए ।
हिमालयन क्रिकेट एकेडेमीका बलर पवन कार्कीले ३ विकेट तथा हेमन्त धामीले २ विकेट लिए पनि जित हाँसिल गर्न पर्याप्त रहेन ।
खेलको प्लेयर अफ द म्याच निश्चल चौधरी चुनिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।